लस्कर फुड्समा अनलाइन अर्डर गर्दा विशेष छुट

काठमाडौँ। अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर/कार्यालयमा पुर्‍याउने लक्ष्य रहेकाे लस्कर फुड्सले जनाएको छ । लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कर्पोरेट लन्च अफर बताएको छ ।

काठमाडौँ उपत्यकाका कार्यालयलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुड्सले लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए । कम्पनीले हाललाई खाना/खाजा अर्डर गर्दा २५ प्रतिशत छुट दिइने जनाएको छ ।

बजारमा दर्जनौँ फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स अरूभन्दा भिन्न रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओस्तीको दाबी छ । प्रभु–पे, ईसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *