जापानी राजकुमारी माकोले गरिन् प्रेमीसँग विवाह, त्यागिन् राजकीय पदवी

काठमाडौँ । जापानकी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गरेकी छन् । राजपरिवारको सदस्यता त्याग्दै माकोले राजपरिवार बाहिरका व्यक्ति केइ कोमुरोसँग विवाह गरेकी हुन् ।

माकोले तीन वर्षअगाडि नै कोमुरोसँग विवाह गर्ने घोषणा गरेकी थिइन् । योसँगै माकोले राजकीय पदवी त्यागेकी छिन् । त्यहाँ राजपरिवार बाहिरका व्यक्तिसँग विवाह गरेको खण्डमा स्वतः राजपरिवारको सदस्यता त्याग्नुपर्ने प्रावधान छ । महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ प्रावधान भए पनि पुरुषलाई यो बाध्यता छैन ।

माकोले कुमुरोसँगको विवाहका लागि राजकीय पदवी नै त्याग्ने बताउँदै आएकी थिइन् । सीएनएनकाअनुससार राजपरिवारको सहमतिपछि राजपरिवार बाहिरका व्यक्ति कोमुरोसँग माकोको विवाह सामान्य तरिकाले भएको हो ।

माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो छोरी हुन् । विद्यावारिधि गरिरहेकी उनी अनुसन्धानकर्ताको रूपमा काम गर्दैछिन् । माको र कुमुरो लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो । ३० वर्षीय कुमुरोले अमेरिकामा अधिवक्ताको रूपमा काम गर्छन् । विवाहपछि माको पनि अमेरिका नै बस्नेछिन् ।

यो जोडीको सन् २०१७ मा इन्गेजमेन्ट भएको थियो । उनीहरूले आफ्नो विवाहबारे आजै पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *