रक्षामन्त्री रिजाल र राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ । रक्षामन्त्री मीनेन्द्र रिजाल र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । मन्त्री रिजालको सचिवालयकाअनुसार उनीहरूबीच मंगलबार दिउँसो १२ बजे मन्त्रालयमै भएको हो ।

उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । राजदूत बेरीले मन्त्री रिजालसँग राष्ट्रिय राजनीतिसँगै एमसीसीलगायतका विषयमा समेत जिज्ञासा राखेको बताइएको छ ।

सन् २०१७ मै सम्झौता भएको एमसीसीको पूर्ण कार्यान्वयन भइसकेको छैन । यसपछि अमेरिकाले पटक–पटक सोध्दै आएको छ । केही समयअगाडि एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले समेत नेपालको भ्रमण गरेकी थिइन् । शीर्ष नेताहरूलाई भेटेकी उनले ‘आफू दबाबका लागि नभइ बुझ्न मात्रै आएको’ बताएकी थिइन् ।

प्रधान मन्त्री शेरबहादुर देउवाले भने एमसीसी पारित भइहाल्नुपर्ने बताउँदै आएका छन् । केही दिनअगाडि सुदूरपश्चिम पुगेका उनले एमसीसी संसद्‌बाट पारित हुने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *