सिंहदरबारभित्र पेस्तोल पड्कियो

काठमाडौँ । संसद् सचिवालय परिसरमा पेस्तोल पड्किएको छ । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल अचानक पड्केको हो ।

सचिवालय स्रोतका अनुसार नयाँ हतियार लिएर आएकी भारतीले हतियार इन्ट्री गर्ने क्रममा अचानक पेस्तोल पड्केको हो । थप सोधपुछ भइरहेको सुरक्षा निकायले जनाएको छ ।

घटनामा कुनै क्षति भने नभएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *