नेकपा एमालेको पालिका अधिवेशन : मोरङका ५ पालिकामा स्थगित, अन्यमा सर्वसम्मत

विराटनगर । मोरङमा नेकपा एमालेले सर्वसम्मतबाट नै नेतृत्त्व टुङ्गो लगाएको छ । नेकपा एमालेको प्रथम गाउँ-नगर अधिवेशनमा सर्वसम्मत प्रयास भएको नेकपा एमालेले जनाएको छ । प्रदेश १ को एकमात्र महानगरपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

विराटनगर महानगरपालिकामा सागर थापाको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताए । दुई जनाले दाबी गर्दै आएको नगर अध्यक्षमा परशुराम बस्नेतले आफ्नो दाबी फिर्ता लिएपछि थापा सर्वसम्मत चयन भएका हुन् । प्रत्याशित दुवै जना ओली निकट लामो समय सँगै रहेका नेता भएकाले नेताहरूको दबाबमा सर्वसम्मत भएको एमालेनिकट स्रोत बताउँछ ।

त्यस्तै महानगरको उपाध्यक्षमा शिल्पा निराला कार्की, सचिवमा रोहित कोइराला सर्वसम्मत चयन भएका छन् । महानगर कमिटीको सचिव पदमा ३ जनाले दाबी प्रस्तुत गर्दै आएका थिए । सहसचिवमा नवराज नेपाल र जयप्रकाश महतो चयन भएका छन् । त्यस्तै रतुवामाई नगर कमिटीको अध्यक्षमा देवी दाहाल, उपाध्यक्षमा कृष्ण ढकाल, सचिवमा नेवालाल राजवंशी तथा सहसचिवमा हेम कार्की र हरि श्रेष्ठ चयन भएका छन् ।

कटहरी गाउँ कमिटीको अध्यक्षमा रामनारायण राजवंशी, उपाध्यक्षमा सुमनकुमार सरदार र सचिवमा मनोज माझी चयन भए भने सहसचिवमा यादव अधिकारी सर्वसम्मत भएको जिल्ला अध्यक्ष पोखरेलले बताए ।

रंगेली नगर कमिटीको अध्यक्षमा दलबहादुर बस्नेत, उपाध्यक्षमा जीतलाल मण्डल र सचिवमा शान्तलाल खवास चयन भएका छन् । ग्रामथान गााउँ कमिटीको अध्यक्षमा कुमार आचार्य, उपाध्यक्ष तुलसीराम विश्वास र सचिवमा सत्यनारायण माझी सर्वसम्मत भए । सुन्दरहरैँचा नगरपालिकामा पनि सर्वसम्मत भएको छ ।

अध्यक्षमा मात्रिकाबाबु ढकाल, उपाध्यक्षमा अकलदेबी चौधरी र सचिवमा सन्तोष घिमिरे छानिए भने मिक्लाजुङ गाउँ कमिटीको अध्यक्षमा बुद्धिमान लिम्बु, उपाध्यक्षमा बृद्धिलाल निरौला र सचिवमा नविन कार्की सर्वसम्मत भए ।

केराबारी गाउँ कमिटीको अध्यक्षमा पूर्णबहादुर मगर, उपाध्यक्षमा राकेश राई र सचिवमा भीमबहादुर कार्की तथा पथरीशनिश्चरे नगर कमिटीको अध्यक्षमा रमेश दाहाल सर्वसम्मत भए । कानेपोखरी र बेलबारीमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको पोखरेलले बताए ।

त्यस्तै लेटाङ, उर्लाबारी, धनपालथान, जहदा र सुनवर्षीमा तोकिएको समयमा अधिवेशन हुन नसकेको एमालेले जनाएको छ । बाढी र डुबानका कारण वडा अधिवेशन नै नभएका कारण ५ वटा स्थानीय तहमा पालिका अधिवेशन स्थगित गरिएको अध्यक्ष पोखरेलले बताए । स्थगित भएका वडा तथा पालिकामा एक-दुई दिनभित्रै नेतृत्व चयनका लागि निर्वाचन हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *