बागमतीको मुख्यमन्त्री बन्दै पाण्डे, आजै तीन मन्त्रीको शपथ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दै छन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् ।

पाण्डेले बुधबार नै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । बागमती प्रदेशमा सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थन प्राप्त भएको छ । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दै छन् ।

याे पनि : मुख्यमन्त्रीमा पाण्डेको दाबी, ५९ सांसदको समर्थन

मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनले प्रत्येक दलबाट एक एक जनाले मन्त्रीमा शपथ लिने तयारी छ । पहिलो चरणमा आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेर मन्त्रिमण्डल बनाउने तयारी गरिएको छ । माओवादी केन्द्र उपनेता कुमारी मोक्तान, काँग्रेस उपनेता कृष्णलाल भँडेल र एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने निश्चित भएको हो ।

मोक्तान आर्थिक मामिला, भँडेल भौतिक पूर्वाधार र खनाललाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिने तयारी छ । तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनले जनाएको छ ।

थप : मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *