एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । दिउँसो ४ बजेपछि च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा वडा र पालिका अधिवेशनको समीक्षा लगायतका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले ६ हजारभन्दा बढी वडा र ६०० भन्दा धेरै पालिकामा अधिवेशन सम्पन्न गरी सकेको छ ।

बाँकी रहेका वडा र पालिकाको अधिवेशन कात्तिकमै सक्ने एमालेले बताएको छ । एमालेको दसौँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनका बारेमा पनि बैठक छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *