पुनः ‘बाबरी’को छायाङ्कन सुरु
मकालु खबर
२०७८ कार्तिक ११ गते
काठमाडौँ । चलचित्र ‘बाबरी’को पुनः छायाङ्कन काठमाडौँबाट सुरु भएको छ । कोरोनाका कारण भएको दोस्रो लकडाउनले कारण छायाङ्कन रोकिएको थियो । तिहारपछि निर्माण टिम छायाङ्कनका लागि दार्जिलिङ प्रस्थान गर्नेछ ।
त्रिकोणात्मक प्रेमकथामा बन्ने चलचित्रमा अदिति बुढाथोकी र धिरज मगर, धिरज टोट्लानीको मुख्य भूमिका छ । चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।
बाबरी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा पुष्पलता अधिकारी बुढाथोकीको लगानी छ भने सुष्मा गुरुङ सह-निर्माता रहेकी छन् ।
मकालु खबर
२०७८ कार्तिक ११ गते
प्रतिक्रिया
सम्बन्धित