बागमतीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गरेका छन् । पाण्डेले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् ।

अल्पमतमा परेपछि एमाले उपाध्यक्षसमेत रहेका नेता अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् । यसपछि एकीकृत समाजवादीका नेता पाण्डे मुख्यमन्त्री बनेका हुन् ।

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ जना नेता समावेश गरी मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *