संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ । सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले शुक्रबार रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्न लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

संसद्को चालु अधिवेशन भदौ २३ गते आह्वान गरिएको थियो । अधिवेशन अवधिभर एमालेले दुवै सदनमा अवरोध गरेको थियो ।

अवरोधकाबीच संघीय संसद्को चालु अधिवेशनले बजेट पारित गरेको थियो । १६ दिनपछि बसेको प्रतिनिधिसभाको बिहीबारको बैठकले अर्को बैठक कात्तिक २९ गतेका लागि तय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *