एमालेले महाधिवेशन प्रतिनिधि संख्या १,९९९ पुर्‍यायाे

काठमाडौँ । नेकपा (एमाले) ले १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या थप गरेको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका लागि स्थायी कमिटीले गरेको प्रस्तावमा छलफल गरेपछि १,५३६ लाई बढाएर १,९९९ पुर्‍याएकाे हाे ।

सचिव प्रदीपकुमार ज्ञवालीले बताएअनुसार थप ४ सय प्रतिनिधिहरूको संख्या बढाइएको हो । बिहीबार बसेको स्थायी कमिटी बैठकले १,५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर, केन्द्रीय कमिटीमा नेताहरूले संख्या बढाउन माग गरेपछि उक्त संख्या थपिएको ज्ञवालीले बताए ।

त्यस्तै आजको बैठकले महाधिवेशन मूल व्यवस्थापन समितिमा २ जना थपेर २३ सदस्यीय बनाएको छ । थप गरिएका सदस्यहरूमा नेता रघुजी पन्त र शेरबहादुर तामाङ रहेका छन् ।

आजको बैठकले आगामी कात्तिक २७ गते एकैदिन एमाले प्रतिनिधि छनोटका लागि निर्वाचन गर्नेगरी मिति तय गरेको छ । पार्टीले महाधिवेशनमा विधुतीय मतदान मेसिन प्रयोग गर्ने जनाएको छ । त्यसका लागि शुक्रबारको बैठकअघि उक्त मेसिनको परीक्षण गरेको थियो ।

यसपछि एमालेको अर्को केन्द्रीय कमिटीको बैठक मंसिर ९ मा सौराहामा बस्नेछ । त्यसलगत्तै एमाले महाधिवेशनमा होमिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *