एमाले संसदीय दलको बैठक बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक बस्दैछ । बैठक शनिवार बिहान ११ बजेबाट बानेश्वरमा शुरू हुने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा संसद् सञ्चालनसँगै राष्ट्रिय राजनीतिमा देखिएको समस्याबारे छलफल हुनेछ सचेतक भट्टराईले बताए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ्ग गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *