अदालतको समस्याबारे सत्तारुढ गठबन्धनले छिट्टै धारणा तय गर्छ : प्रचण्ड

जनकपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अदालतमा देखिएका समस्याबारे सत्तारूढ गठबन्धनले छिट्टै धारणा सार्वजनिक गर्ने बताएका छन्। शनिवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले गठबन्धनका नेताहरू आआफ्ना काममा व्यस्त रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलो भएको भन्दै अब छिट्टै यसबारे धारणा तय गर्ने बताए ।

सत्ता गठबन्धन दलको बैठकले समस्या समाधान हुने गरी निर्णय गर्ने पनि उनले बताए।  अर्को प्रसङ्गमा अध्यक्ष दाहालले ‘अर्ली इलेक्सन’ हुने कुनै पनि सम्भावना नरहेको दाबी पनि गरे । संवैधानिक व्यवस्थाले नै त्यो परिकल्पना नगरेको तथा सर्वोच्च अदालतको फैसलाले पनि अर्ली इलेक्सन नहुने भन्दै यसको अलमलमा कोही पनि पर्न नहुने उनले बताए ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको निर्वाचनमा सत्तारूढ गठबन्धनले मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भइसकेको दाबी पनि गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *