गोकर्णेश्वरमा निःशुल्क स्वास्थ्य शिविर (तस्बिरहरू)

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरपालिकाको वडा नम्बर ४ मा रहेको उत्तरबाहिनी चोकमा आज उक्त शिविर सञ्चालन गरिएको हो ।

गोकर्ण प्राथमिक अस्पतालका विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी सहित सञ्चालन भएको शिविरमा थाइराइड, उक्त रक्तचाप, मधुमेह, आँखा, रगत, दिशा, पिसाब तथा सामान्य चिकित्सा सेवा सहित आवश्यक औषधी निःशुल्क वितरण गरिएको छ ।

शिविरमा २१५ जनाले सेवा लिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । आज प्याथोलोजी सेवा अन्तरगत रगत,दिशा,पिसाब परीक्षण गरेका २५ जनाको रिपोर्ट ढिलामा १५ गते सम्म आउने र रिपोर्ट हेरेर आवश्यक उपचार पनि निःशुल्क गरिदिने पनि शाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *