टी-ट्वेन्टी विश्वकप

दक्षिण अफ्रीकाको रोमान्चक जित

काठमाडाैँ । टी-ट्वेन्टी विश्वकप क्रिकेटको सुपर-१२ अन्तर्गत शनिबार भएको खेलमा  दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ४ विकेट पराजित गर्दै सेमिफाइनल सम्भावना कायम राखेको छ।

सारजाहमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको श्रीलङ्काले १४२ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य दक्षिण अफ्रिकाले १ बल बाँकी हुँदा पुरा गर्‍यो।

श्रीलङ्काका लागि पठुमा निसन्काले ५८ बलमा ७२ रनको सानदार इनिङ खेले। उनी बाहेक अन्य कुनै पनि खेलाडीले गतिलो स्कोर जोड्न सकेनन्। चरिथा आसलन्काले १४ बलमा २१ रन बनाउँदा डसुन सहनाकाले ११ रन बनाए। अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। तब्राइज साम्सी र ड्वेन प्रिटोरियसले समान ३-३ विकेट लिए। त्यस्तै एनरिच नर्टीले २ विकेट लिएका थिए।

साउथ अफ्रिकाका लागि डेभिड मिलर निर्णायक रहे। १३ बलमा २३ रन बनाए। उनले अन्तिम ओभरमा २ छक्का प्रहार गर्दे टीमको जित निश्चित गरेका थए। उनलाई कागेशो रब८ले ७ बलमा १३ रन बनाएर साथ दिए। त्यसअघि कप्तान टेम्बा बाभुमाले सर्वाधिक ४६ रन बनाए।
त्यस्तै एइडन माक्रमले १९ रन बनाए। त्यस्तै क्वेन्टन डिककले १२ रन बनाउँदा रिजा हेन्ड्रिकले ११ रन जोडे। रसि भान डेर डुसेनले १६ रन बनाएका थिए। जितसँगै दक्षिण अफ्रिकाले तेस्रो खेलमा दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउँदा श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ।

हसरंगाको ह्याट्रिक
श्रीलङ्काका लागि वानिन्दु हसरङ्गाले टी-२० अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पाँचौ खेलाडी बनेका छन्। साथै उनी टी-२० विश्वकपमा ह्याट्रिक लिने तेस्रो खेलाडी बने। यसअघि २००७ मा टी-२० विश्वकपमा पुर्व अस्ट्रेलियन दिग्गज ब्रेट लीले बंगलादेश तथा आयरल्यान्डका कर्टिस कैम्फरले नेदरल्यन्ड विरुद्ध यसै विश्वकपमा ह्याट्रिक लिउएका थिए। समग्र टी-२० क्रिकेटमा भने यो २३ औ ह्याट्रिक हो।

उनले १४.६ बलमा पहिलो विकेट लिएका थिए भने त्यसपछि थप दुई विकेट १७.१ र १७.२ ओभरमा लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *