प्रधानन्यायाधीशको राजिनामा माग्दै सर्वोच्चमा वकिलहरुको प्रदर्शन
मकालु खबर
२०७८ कार्तिक १४ गते
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले विरोधका कार्यक्रम गरिरहेको छ। पाँच दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको बारले आजदेखि बुधवारसम्म कालो कालोपट्टी बाँधेर दैनिक एक घण्टा सर्वोच्च अदालतमा धर्ना दिने जनाएको छ ।
इजलास बहिष्कार गर्ने, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म उत्रिने तयारी रहेको एशोसियसनले जनाएको छ ।
यसअघि न्यायाधीशहरूले शुक्रवार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने बारे सामान्य छलफल गरेका थिए। आज विस्तृत छलफल गर्ने गरी बैठक सकिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चमा २१ न्यायाधीश कार्यरत छन्।
- यो पनि
मकालु खबर
२०७८ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित