नेतृत्वले कानुनबमोजिम काम गरेनन् : दमननाथ ढुंगाना

काठमाडौँ । पूर्वसभामुख एवम् वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले नेतृत्वले कानुन र आचार संहिताअनुसार काम नगर्दा संविधानले निर्माण गरेका संस्थाहरू खतरामा परेको बताएका छन् ।

संविधानको अपेक्षाबमोजिम संविधानले निर्माण गरेका संस्थाहरू नचलेको र क्रमशः बिटुलिँदै गएको अवस्थामा आफूहरूले न्यायपालिकाबाट शुद्धीकरण अभियान सुचारु गरेको बताएका हुन् ।

‘संविधानको अपेक्षाबमोजिम संविधानले निर्माण गरेका संस्थाहरू चलिरहेका छैनन् । नेतृत्वमा रहेकाहरूले कानून र आचार संहिताबमोजिम काम गर्न सकिरहेका छैनन्‚’ उनले भने‚ ‘यसले गर्दा संविधान र संविधानले तर्जुमा गरेका संस्था र न्यायपालिकाहरू सबै यथास्थानमा खतरामा परिरहेका छन् ।’

उनले वकिलहरू स्वतन्त्रता‚ कानूनी राज्यको रक्षक भएकाले आफूहरू प्रजातन्त्रीकरणको लडाइँमा अग्रपङ्क्तिमा रहेको बताए ।

‘हामी सधैँ प्रजातन्त्रीकरणको लडाइँमा अग्रपङ्क्तिमा छौँ । यो एउटा शुद्धीकरण अभियान हो‚’ उनले भने‚ ‘न्यायालयमात्रै होइन‚ संविधानले निर्माण गरेका सबै संस्थाहरू बिटुलिन थालेका छन् । त्यसकारण हामीले न्यायालय र कानून व्यवसायीको तर्फबाट शुद्धीकरणको अभियान सुरु गरेका हौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *