अफगानिस्तानको प्रभावशाली जितले अरु टिममाथि दबाब

काठमाडौँ । जारी टी-ट्वेन्टी विश्वकपमा अफगानिस्तानले दोस्रो प्रभावशाली जित दर्ता गरेको छ । आफ्नो तेस्रो खेलमा अफगानिस्तानले आइतबार नामिबियालाई ६२ रनले हराएको हो ।

अफगानिस्तानको फराकिलो जितले न्युजिल्यान्ड र भारतमाथि भने दबाब बढेको छ।

टस जितेर पहिले ब्याटीङ गरेको अफगानिस्तानले १६० रन बनाएको थियो। जवाफमा नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रनमात्र जोड्न सक्यो।

पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको थियो। ओपनरहरु हज्रतुल्लाह जाजाइ र मोहम्मद सहजादले पहिलो विकेटका लगि ५३ रनको साझेदारी गरे। जाजाइले ३३ र सहजादले ४५ रन बनाए। त्यस्तै अस्गर अफगानले ३१ रन बनाउँदा कप्तान मोहमद्ध नाविले ३२ रनको योगदान गरे ।

जवाफमा नामिबिया कम स्कोरमा समेटियो। नामिबियाका लागि डेभिड वाइजले २६ रन बनाउनु सर्वाधिक रह्यो।अफगानिस्तानका लागि नभिन उल हक र हमिद हसनले तीन तीन विकेट लिए। त्यस्तै गुलबादिन नाइबले २ विकेट लिए भने रसिद खानको नाममा १ विकेट रह्यो।

जितसँगै अफगानिस्तानको सेमिफाइनल संभावना कायमै छ। उसले भारत र न्युजिल्यान्डसँग खेल्न बाँकी छ। तर उसले यी दुईमध्ये कुनै एक टीमलाई पराजित गरेमा सेमिफाइनल पुग्ने संभावना बलियो हुनेछ ।

उसको नेट रनरेट ३ भन्दा बढी छ। जुन निकै राम्रो हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *