महत्वपूर्ण खेलमा भारतको कमजोर ब्याटिङ

काठमाडौँ । आइसिसी टि-ट्वेन्टी विश्वकप क्रिकेटमा भारतले महत्वपूर्ण खेलमा कमजोर ब्याटिङ गरेको छ । भारतले न्युजिल्यान्डलाई १ सय ११ रनको लक्ष्य दिएको छ ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ७ विकेट गुमाउँदै १ सय १० रन मात्र बनाउन सक्यो । भारतका रविन्द्र जडेजा टिमका लागि सर्वाधिक २६ रनमा अविजित रहे । हार्दिक पान्ड्याले २३ रन बनाए ।

अन्य ब्याटरको प्रदर्शन उल्लेखनीय रहेन ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३, ईश सोधीले २ विकेट तथा एडम मिल्ने र टिम साउथीले १–१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *