व्यवस्थामाथि कालो बादल मडारिइरहेको छ : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको व्यवस्थामाथि नै खेल भइरहेको महसुस भएको बताएका छन् ।  सोमबार नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले संविधान बनाएरै टुङ्गो लगाए पनि व्यवस्थामाथि कालो बादल मडारिइरहेको महसुस भइरहेको बताएका हुन् ।

नेपाली जनताको ठूलो बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र लोकतान्त्रिक व्यवस्था र यसभित्रका संस्थाहरू नै धर्मराउनुले यस्तो आभाष हुने गरेको उनले बताए । उनले भने, ‘हामीले संविधान सभाबाट संविधान निर्माण गरेर व्यवस्थाको टुङ्गो लगाएको अवस्थामा पनि व्यवस्थामाथि नै अनिश्चयको बादल मडारिएको, कता कता खेल भइरहेको महसुस भइरहेको छ । ‘

उनले नेपालको विकासको बाधक पनि अस्थिर व्यवस्था नै भएको उल्लेख गरेका छन् ।  दुई तिहाइको कम्युनिस्ट सरकार हुँदा समेत देशमा राजनीतिक स्थिरता कायम हुन नसकेको बताउँदै यसले देशको समग्र विकासमा असर पारेको पौडेलको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *