संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भयो : प्रचण्ड 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले  भने, ‘जनयुद्धको बेलामा क्रान्तिकारीहरूलाई सखापै पार्नुपर्छ भनेर राज्य, वर्ग, समुदाय वा एउटा विचार समूह नै लागेको थियो नि, नसकेर न हामी यहाँ छौँ अहिले । जनताले हामीलाई साथ दिएर पो यहाँ छौँ ।  प्रतिक्रियावादीले दया गरेर त हामी यहाँ भएको होइन । संघीय लोकतान्त्रिक गणतन्त्र पनि हामीलाई कसैले माया गरेर दिएको होइन ।  तर अहिले त्यो उल्ट्याउने षडयन्त्र भयो । ‘

यस्तै उनले नेपालमा भएको परिवर्तन केही समूहले मन नपराएकाले सुरु देखि नै षड्यन्त्र गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *