प्रधान न्यायाधीशले तोके आफूबाहेक १० न्यायाधीशलाई इजलास

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार आफूबाहेक १० जना न्यायाधीशलाई इजलास तोकेका छन् ।  सधैँ आफूसहितका न्यायाधीशलाई इजलास तोक्दै आएका प्रधान न्यायाधीस जबराले सोमबारका लागि भने आफूलाई बाहेक १० जना न्यायाधीशलाई ६ वटा इजलास तोकेका हुन् । सबैलाई बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र पेसी तोकिएको छ ।

न्यायाधीशहरु इजलासमा जाने नजाने भन्नेबारे टुंगो लागिसकेको छैन । उनीहरु आन्तरिक छलफलमै छन् । बन्दी प्रत्यक्षीकरणाकाे मुद्दामा भने सुनुवाइ गर्ने निर्णय गर्न सक्ने न्यायाधीशनिकट स्रोतहरूले जनाएका छन् ।

६ वटा इजलासमा एक–एक वटा बन्दी प्रत्यक्षीकरणको मुद्दाको पेसी तोकिएको छ । आफ्नो राजीनामाकाे माग गर्दै सर्वाेच्चका न्यायाधीशहरू तथा कानून व्यवसायीसमेतले आन्दोलन थालेपनि प्रधान न्यायाधीश जबराले इजलास तोक्दै आएका थिए । आइतबार उनले एउटा मुद्दा आफ्नो एकल इजलासमा तोकेर अन्तरिम आदेशसमेत दिएका थिए ।

नेपाल बार एसोसिएसनको नेतृत्वमा सोमबार पनि कानून व्यवसायीहरु जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा धर्नामा बसेका छन् । प्रधान न्यायाधीश जबराले आइतबार सहकर्मी न्यायाधीशहरू समक्ष आफू सम्मानजनक रुपमा बाहिरिन तयार रहेको प्रस्ताव पठाएका थिए ।

यसबारेमा न्यायाधीशहरूले थप छलफल गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *