बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय, न्यायाधीशहरू फर्किए इजलासमा

काठमाडौँ । न्यायाधीशहरूले इजलासमा सहभागी हुने निर्णय गरेका छन् । योसँगै उनीहरू एक सातापछि इजालसमा फर्किएका छन् ।

न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि ‘बेन्च बङ्क’ गर्दै आएका उनीहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा भने हेर्ने निष्कर्ष निकालेका हुन् । सोमबार बिहान साढे ११ बजेदेखि बसेको न्यायाधीशहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

आफूहरूको मागबमोजिम नै इजलास गठन भएको र बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै पेसीमा राखिएका कारण उक्त मुद्दाको सुनुवाइ गर्ने निर्णय भएको बैठकमा सहभागी न्यायाधीशहरूले बताएका छन् ।

न्यायाधीशहरूको यो निर्णयलगत्तै इजलास शुरू भएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले आज आफूबाहेक १० जना न्यायाधीशलाई इजलास तोकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *