मुख्यमन्त्री आचार्यले बुझाए प्रदेश प्रमुखलाई राजीनामा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । २०७८ भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले प्रदेश सभाभित्र अङ्क गणित नमिलेको भन्दै पदबाट राजीनामा दिएका हुन् ।

प्रदेश सभाको सोमबारको बैठकमा बोल्दै उनले जनताले यही सरकार चाहेको भए पनि प्रजातान्त्रिक अभ्यासमा प्रदेश सभाभित्र अंक गणित नमिलेको भन्दै राजीनामाको घोषणा गरेका थिए ।

राजीनामाको घोषणा गरेलगत्तै आचार्यले प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीकोमा पुगेर पदबाट राजीनामा दिएका थिए । एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी दल बनेपछि एमालेको सरकार अल्पमतमा परेको थियो ।

विपक्षी गठबन्धनका ५० जना रहेको र एमालेको ४१ जनामात्र भएपछि मुख्यमन्त्री अल्पमतमा परेका थिए । असोज २५ गते विश्वासको मतका लागि प्रस्ताव दर्ता गराएको भएपनि आज विश्वासको मात लिने बेलामा उनले राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *