चाँडो निकास दिन प्रधान न्यायाधीशलाई पौडेलको सुझाव

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई चाँडै राजीनामा गर्न सुझाव दिएका छन् । सिरहाको विष्णुपुर गाउँपालिकाको आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । ‘म सुझाव दिन चाहन्छु,’ नेता पौडेलले भने, ‘तपाईंले सम्मानजनक बहिर्गमन चाहन्छु भन्नुभयो । मैले सुनेँ । तपाईंले चाँडै राजीनामा गर्नु नै सम्मानजनक बहिर्गमन हो । त्यहाँ तपाईंले सम्मान पाउनुहुन्छ । ढिलाे भयाे भने झनै असम्मान बढ्दै जान्छ ।’

तत्काल राजीनामा नदिए झनै असम्मान बढ्दै जाने नेता पौडेलको भनाइ थियो । ‘त्यसैले तपाईं (प्रधान न्यायाधीश) ले तत्काल राजीनामा दिनु नै सम्मानजनक काम हो । तपाईंको पनि सम्मान हुनेछ । जत्तिसक्दो चाँडो निकास दिनुभयो भने त्यो उहाँको सम्मान हो ।’

प्रधान न्यायाधीश जबरालाई नेपाल बार एशोसिएशनले राजीनामाका लागि ५ दिने (बुधबारसम्मको) समयावधि दिएको छ । यसपछि प्रधान न्यायाधीश जबराले ‘म सम्मानजनक बहिर्गमन चाहन्छु’ भनेर प्रस्ताव राखेका छन् । यसप्रति लक्षित गर्दै नेता पाैडेलले प्रधान न्यायाधीश जबरालाई यस्ताे सुझाव दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *