टोटनह्यामका मुख्य प्रशिक्षक नुनो ४ महिनामै बर्खास्त

एजेन्सी । इंग्लिस क्लब टोटनह्यामले मुख्य प्रशिक्षक नुनो इस्पिर्टो सान्टोलाई ४ महिनामै बर्खास्त गरेको छ ।

प्रिमियर लिगका पछिल्ला सातमध्ये पाँच खेलमा हार व्यहोरेपछि टोटनह्यामले नुनोलाई अनुबन्ध भएको ४ महिनामै बर्खास्त गर्ने निर्णय गरेको हो ।

शनिबार रातिको खेलमा टोटनह्याम म्यानचेस्टर युनाइटेडसँग ३-० ले पराजित भएको थियो । उनी ४ वर्षका लागि क्लबमा अनुबन्ध भएका थिए ।

अंक तालिकाको आठौँ स्थानमा रहेको टोटेनह्याम अहिले शीर्षस्थानको चेल्सीभन्दा १० अंक पछि छ ।

क्लबका तर्फबाट निर्देशक फाबियो पाराटिकीले नुनो एकदमै भद्र व्यक्ति रहेको र उनले चाहँदा चाहँदै पनि सोचेजस्तो सफलता हात पर्न नसकेको भन्दै उनको प्रशिक्षण करियरलाई शुभकामना दिएका छन् ।

क्लबले नुनो र उनका सहयोगी लेन क्याथ्रो, रुइ र्बाबोसा र एन्टोनीयो डियाजलाई समेत जिम्मेवारीबाट मुक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *