इंग्ल्यान्ड सेमिफाइनलमा, श्रीलंका बाहिरियो

काठमाडौँ । इंग्ल्यान्ड टी-ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

समूहको शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टिम समेत बनेको छ । अपराजित रहेको इंग्ल्यान्डले एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो ।

यस अघि इंग्ल्यान्डले वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो । श्रीलंकाको भने यो तेस्रो हार हो । हारसँगै श्रीलंका समुह चरणबाटै बाहिरिएको छ । श्रीलंका चौंथो स्थानमा छ ।

१ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १ सय ३७ रनमा अलआउट भयो । श्रीलंकाका लागि वाविन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए । कप्तान दसुन शनका र भानुका राजपाक्षेले २६ २६ रन बनाएपनि टिमलाई जिताउन भने सकेनन् ।

इंग्ल्यान्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले दुई दुई विकेट लिए । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

इंग्ल्यान्डका जोस बट्लरले १ सय १ रन बनाए । यो जारी विश्वकपमा पहिलो शतक हो भने बटलरको पनि टी ट्वेन्टी क्रिकेटमा पहिलो शतक हो।

कप्तान इयान मोर्गनले ४० रन बनाए । श्रीलंकाका वाविन्दु हसरंगाले ३ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *