प्रस्तावित राजदूतहरूबारे उजुरी माग

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूबारे सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूबारे कुनै उजुरी भए १० दिनभित्र पठाउनेगरी सूचना आह्वान गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

उजुरी आह्वानका लागि सुचना प्रकाशित गरी तोकिएको अवधि सकिएपछि राजदूतको सुनुवाइ गरिने र अनुमोदनको प्रक्रिया सुरु हुने सभापति कर्णले जानकारी दिए ।

सरकारले भारतका लागि डा शंकर शर्मा, अमेरिकाका लागि प्रा. डा. श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *