न्यायालयको विवाद न्यायालयभित्रबाटै समाधान हुनुपर्छ : कानुनमन्त्री

काठमाडौँ । कानुन‚ न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्रको समस्या न्यायपालिकाले नै समाधान गर्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघले गरेको पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री बडुले न्यायालयभित्र देखिएको अहिलेको समस्या त्यहीँभित्रैबाट समाधान हुनुपर्नेमा आफूहरू रहेको बताएका हुन् ।

न्यायपालिकाप्रति जनताको आस्था घट्न नहुने र जनताको न्याय पाउने अधिकारलाई पनि न्यायालयले सम्मान गर्नुपर्ने भएकाले अहिलेको समस्या न्यायालयभित्रबाटै समाधान हुनुपर्नेमा आफूहरूको जोड रहेको मन्त्री बडुले बताए ।

सर्वोच्च अदालतका न्यायाधीशहरू, नेपाल बार एशोसिएसन, पूर्वप्रधान न्यायाधीश, पूर्वन्यायाधीश लगायतले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने भन्दै दबाब दिइरहेका छन् । यसबारेमा सरकार र राजनीतिक दलले भने औपचारिक रुपमा केही भनेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *