अदालतको समस्यामा राजनीतिक दल बोल्नुपर्छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक दलले अहिले अदालतमा देखिएको समस्यामा बोल्नुपर्ने बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले न्यायपालिकाको विषयमा राजनीतिक दलले बोल्नुहुँदैन भन्ने अभिव्यक्तिको विपक्षीमा आफू रहेको भन्दै राजनीतिक दलहरूले यसमाथि आफ्नो धारणा राख्नुपर्ने बताएका हुन् ।

न्यायालयको विवादमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले निकास दिनुपर्ने बताउँदै नेता कोइरालाले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा कसैको दुई मत नभएको बताएका छन् ।

उनले भने, ‘अदालतमा भएको फैसलामा हस्तक्षेप गर्न नहुने हो । फैसलामा हस्तक्षेप गर्ने तर अहिले जुन समस्या देखिएको छ‚ त्यसमा बोल्न मिल्दैन भन्नुहुँदैन ।’

केही वरिष्ठ अधिवक्ताले न्यायालयमा भइरहेको विषयमा बोल्न नहुने बताइरहेको प्रति उनले असन्तुष्टिसमेत व्यक्त गरे । ‘प्रधान न्यायाधीशले आफ्नो विवेक प्रयोग गरी निकासको बाटो उहाँले नै खोलिदिनुर्पछ’, कोइरालाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *