बङ्गलादेश कम स्कोरमा समेटिँदा दक्षिण अफ्रिकाको सहज जित

काठमाडौँ । विश्वकप क्रिकेटअन्तर्गत समूह १ को आफ्नो चौथो खेलमा बंगलादेशमाथि दक्षिण अफ्रिकाले ६ विकेटको सहज जित दर्ता गरेको छ । दक्षिण अफ्रिकी बलरसामु बंगालदेशी ब्याट्सम्यान निरीह रहँदै केवल ८४ रनमा समेटिँदा उक्त लक्ष्य ३९ बल अगावै भेट्टाउन अफ्रिका सफल रह्यो ।

पराजित बंगलादेशले अझै खाता खोल्न सकेको छैन । दक्षिण अफ्रिका भने शीर्ष चार सम्भावना बलियो भएको छ । अन्तिम खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई हराउनुपर्ने दबाब छ । अस्ट्रेलिया पनि दाबेदारीमा रहेको छ । अस्ट्रेलियाको तीन खेलमा ४ अङ्क छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेश १८.२ ओभरमा केवल ८४ रनमा समेटियो । बंगलादेशका लागि आठौँ नम्बरमा ब्याटिङका लागि आएका मेहेदी हसनले २७ रन बनाउनु सर्वाधिक रह्यो । त्यस्तै ओपनर लिटन दासले २४ रन बनाँउदा सामिम होसिनले ११ रन बनाए । बंगलादेशका पाँच ब्याटसम्यान शून्य रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडा तथा एनरिच नोर्टेजले समान ३-३ विकेट लिए । त्यस्तै ताब्रइज साम्सीले २ विकेट लिए । सुरूवाती विकेट चट्काएका रबाडा म्यान अफ दी म्याच घोषित भए ।

जवाफमा दक्षिण अफ्रिकाले उक्त लक्ष्य १३.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डिककले १६ रन बनाउँदा रसिभ भान डेर डुसनले २२ रन बनाउँदा कप्तान टेम्बा बाभुमाले ३१ रनको अविजित इनिङ खेले । त्यस्तै डेभिड मिलरले ५ रनमा अविजित रहे । बंगलादेशका तास्किन अहमेदले २ विकेट लिए । त्यस्तै मेहेदी हसन र नसुम अहमेदले समान १-१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *