चौथो दिन पनि वकिलको प्रदर्शन जारी, तिहारपछि झन् सशक्त

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेका कानून व्यवसायीहरूले विरोध प्रदर्शन जारी राखेका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानून व्यवसायीले आज चोथौँ दिन पनि प्रदर्शन जारी राखेका हुन् ।

आइतबारबाट कालो पट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरूले सोमबार र मंगलबार पनि प्रदर्शन जारी राखेका थिए । प्रधान न्यायाधीश जबराले आफू ‘सम्मानजनक बहिर्गमन’को पक्षमा रहेको सन्देश दिएका थिए । तर सोमबार भने उनले ‘संविधानबमोजिम मात्र आफू बिदा हुने’ अड्डी कसेका छन् ।

जबराको यो अडानपछि न्यायाधीशहरू झस्किएका छन् । मार्ग प्रशस्त नगरे तिहारलगत्तै ‘कठोर’ निर्णय लिने उनीहरूको तयारी छ । आजसम्म राजीनामा नआए के गर्ने भन्ने तय भएको छैन । घोषित पहिलो चरणको कार्यक्रमअन्तर्गत आज अन्तिम दिन हो ।

आजसम्म राजीनामा नआए के गर्ने भन्ने तय भई नसकेको सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जानकारी दिए । ‘दिउँसो ४ बजेसम्म राजीनामा आउँछ भन्ने विश्वास छ । राजीनामा नआएको खण्डमा के गर्ने भनेर हामी सार्वजनिक गर्छौ,’ उनले भने, ‘तिहारपछि प्रधान न्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने जस्ता विषय आएका छन् । आजको कार्यक्रमपछि हामी छलफल गरेर सार्वजनिक गर्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *