स्कटल्यान्डसँगको जितले न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो

काठमाडौँ । विश्वकप समूह-२ मा रहेको न्युजिल्यान्डले तेस्रो खेलमा दोस्रो जित निकालेको छ । स्कटल्यान्डविरुद्ध बुधबार दुबईमा भएको खेलमा न्युजिल्यान्डले १६ रनको जित निकालेको हो । जितसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना कायम रहेको छ ।

टस हारेर पिहलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफमा स्कटल्यान्ड १५६ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डका लागि ओपनर मार्टिन गुप्टीलले सर्वाधिक ९३ रन बनाएका थिए । उनले ५६ बलमा ६ चौका र ७ छक्का प्रहार गरेका थिए ।

उनी बाहेक अन्य खेलाडीको प्रदर्शन भने औसत रह्यो । उसका लागि थप दोहोरो रनको स्कोरका रुपमा ग्लेन फिलिप्सले ३३ रन बनाए भने डर्‍यल मिचलेले १३ रन‚ था जेम्स निसमले १० रन बनाएका थिए । गुप्टिल म्यान अफ द म्याच घोषित भए । स्कटल्यान्डका ब्राड ह्वेल र साफ्यान् सरिफले समान २-२ विकेट लिए ।

जवाफमा स्कटल्यान्डले पनि प्रभावशाली इनिङ खेल्यो । यद्यपि हार टार्न भने सकेन । उसका लागि ओपनर जोर्ज मनसेले २२ रन बनाए । सर्वाधिक रन भने मिचेल लिएस्कले ४२ रनको नट आउट इनिङ खेले । त्यस्तै कप्तान क्याल कोटजेरले १७ रन बनाउँदा रिचल बेरिङटनले २० रन बनाएका थिए । थप दोहोरो स्कोरका रुपमा कलुम माकलेडोले १२ रन बनाए । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट इस सोधीले समान २-२ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *