फेरि हार्‍यो भारतले टस

काठमाडौँ । विश्वकप टी-२० क्रिकेटको जित्नैपर्ने खेलमा इन्डियाले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि इन्डिया पहिले ब्याटिङमा देखिनेछ ।

भारतीय कप्तान विराट कोहलीले जारी विश्वकपमा एक खेलमा पनि टस जितेका छैनन् । यसअघि भएका दुई खेलमा भारत फराकिलो अन्तरले पराजित भएको थियो । पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारत न्युजिल्यान्डसँग ८ विकेटले हारेको थियो ।

भारतलाई सेमिफाइनल सम्भावना कायम राख्न अफगानिस्तानसँग फराकिलो जित आवश्यक छ । अघिल्लो खेलमा न्युजिल्यान्डले स्कटल्यान्डलाई पराजित गरेसँगै भारत थप संकटमा परेको हो ।

भारतलाई अफगानिस्तानको डर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *