टी-ट्वेन्टी विश्वकप छनोटको तयारीका लागि बंगलादेश जाँदै महिला क्रिकेट टिम

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिम महिला यूएईमा हुने टी–ट्वान्टी विश्वकपको एसिया छनोट खेलको तयारीका लागि बिहीबार बिहान बंगलादेश प्रस्थान गर्ने भएको छ ।

नोभेम्बर ४ देखि ११ सम्मको एक साता लामो तयारीमा नेपालले चारवटा मैत्रीपूर्ण खेल खेल्नेछ ।

युएईमा आयोजना हुने टी-ट्वेन्टी विश्वकपको एसिया छनोट प्रतियोगिताको पहिलो खेलमा भने नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ ।

त्यस्तै नोभेम्बर २३ मा दोस्रो खेल भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *