भारतको आक्रामक ब्याटिङ, अफगानिस्तानलाई २ सय ११ रनको लक्ष्य

काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई २११ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले आक्रामक रुपमा मात्र २ विकेट गुमाएर २१० रन बनाएको हो ।

यो जारी प्रतियोगितामा अहिलेसम्मकै ठुलो योगफल समेत हो । भारतको भने टी ट्वेन्टीमा दोस्रो धेरै योगफल हो ।

भारतका ओपनर के एल राहुलले ६९ र रोहित शर्माले ७४ रन बनाए । त्यस्तै हार्दिक पान्ड्या ३५ र ऋषभ पन्त २७ रनमा अबिजित रहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *