पीएसजी बराबरीमा रोकियो

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा पीएसजी लाइप्जिगसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

२-१ ले पछि परेको अवस्थामा लाइप्जिगगका लागि डोमिनिक स्जोबोजलाईले खेलको ९२औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । यस अघि लाइप्जिगका लागि खेलको आठौँ मिनेटमा क्रिस्टोफर एन्कुन्कुले गोल गरेका थिए ।

त्यस्तै पीएसजीका लागि दुवै गोल भने जर्जिनियो विनाल्डमले गरेका थिए । विज्नाल्डमले खेलको २१ र ३९औँ मिनेटमा गोल गरेका थिए । यस खेलमा पिएसजीले लियोनेल मेस्सीलाई खेलाएको थिएन । मेस्सी इन्जुरीका कारण यस कहल्मा बाहिर रहेका थिए ।

यो बराबरीपछि पीएसजी ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको ९ अंक छ । पहिलो अंक जोडेको लाइप्जिग पुछारमा छ । क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *