स्वदेश फर्किए प्रधान मन्त्री देउवा (तस्बिरहरू)

काठमाडौँ । बेलायत भ्रमणमा रहेका प्रधान मन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

यही कात्तिक १५ र १६ गते बेलायतको स्कटल्याण्डस्थित ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप-२६) मा भाग लिई प्रधान मन्त्री देउवा आज स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधान मन्त्री देउवाले भ्रमणका उपलब्धिबारे पनि जानकारी गराएका छन् । प्रधान मन्त्री देउवा सो सम्मेलनमा भाग लिन कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *