विश्वकपमा आज

सेमिफाइनल सम्भावना भर्सेस पहिलो जितको खोजी

काठमाडौँ । युएईमा चलिरहेको टी-ट्वेन्टी विश्वकपमा आज अस्ट्रेलिया र बङ्गलादेश खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा दुबईमा शुरु हुनेछ ।

अस्ट्रेलिया सेमिफाइनल प्रवेशको सम्भावना कायमै राख्नका लागि आज जित्न चाहन्छ । प्रतियोगिताबाट बाहिरिइसकेको बङ्गलादेश पहिलो जितको खोजीमा छ । ३ मध्ये २ खेलमा जितेको अस्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा छ । ४ खेलमा ३ जित निकालेको दक्षिण अफ्रिका ६ अंकका साथ दोस्रो स्थानमा रहँदा ४ मा ४ वटै खेल जितेको पाकिस्तानले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

अब दक्षिण अफ्रिका र अस्ट्रेलियामध्ये एक टीमले सेमिफाइनलमा स्थान बनाउने सम्भावना धेरै छ । श्रीलङ्का र बङ्गलादेश प्रतियोगिताबाट बाहिरिइसकेका छन् । वेस्टइन्डिजको पनि गणितीय सम्भावना मात्र बाँकी छ । वेस्ट इन्डिजले ३ मध्ये १ खेल मात्र जितेको छ ।

ब्याट्सम्यान भन्दा बलर हाबी भइरहेको दुबईको पिचमा दोस्रो ब्याटिङ गर्ने टीमलाई राहत मिल्नेछ । यो मैदानमा भएका सुपर १२ का सात खेलमा दोस्रो ब्याटिङ गर्ने टीमले जित हासिल गरेका छन् । त्यसैले यो खेलमा पनि टसको महत्त्वपूर्ण अर्थ हुनेछ ।

यो खेलमा अस्ट्रेलियाले कप्तानको जिम्मेवारी डेभिड वार्नरलाई दिने सम्भावना छ । उनले यो विश्वकपमा तीन खेलमा ८० रन बनाएका छन् । एरोन फिन्चले बंगलादेशसँगको एक मात्रै खेल खेलका थिए । जहाँ उनले ७१ रन बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *