तिहारको चौथो दिन

गाई, गोरु, गोवर्द्धन र हली पूजा (तस्बिरहरू)

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदैछ । आजको दिन गोरु जोत्ने हलीको समेत पूजा गरिने हुँदा यस दिनलाई हली तिहार समेत भनिन्छ ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने विश्वासमा गाईपूजा गर्ने परम्परा रहिआएको धार्मिक मान्यता छ । आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ ।

आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी समेत खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी रे भएको जानकारहरू बत्ताउँदछन् ।

२०७५ सालदेखि गोठाटारमा असहाय गाई बाच्छा संरक्षण अभियानले सडकमा अलपत्र रहेका गाई बाच्छालाई संरक्षण दिँदै आइरहेको छ । गोठमा हाल सय भन्दा बढी गाई बाच्छालाई संरक्षण दिँदै आएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए ।

तस्बिरहरू :- गोठाटारमा असहाय गाई बाच्छा संरक्षण अभियान गरेको पूजामा खिचिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *