प्रथम धादिङ जिल्लास्तरीय टी-ट्वेन्टी क्रिकेट प्रतियोगिता उपाधि गजुरीलाई 

काठमाडाैँ । गजुरी सामुदायिक समाज विकास टिमले प्रथम धादिङ जिल्ला टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।

विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको गजुरी २० ओभरमा १ सय १० रनमा अल आउट भएको थियो । गजुरीका सविन उप्रेतीले ३४ बलमा ३ चौकासहित सर्वाधिक २८ रनको योगदान दिए । सुरेन्द्र मगरले २६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन बनाए ।

त्रिपुरासुन्दरीका मध्य गतिका बलर अनिल अधिकारी ४ ओभरमा १७ खर्चेर २ विकेट लिए । श्रीकृष्ण र उदय थापाले भने सम्मान १९१ विकेट लिए । जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । त्रिपुरा सुन्दरीका उदय थापाले २५ बलमा २१ रन बनाए ।

गजुरीका मध्य गतिका बलर सानु घले ४ ओभरमा ९ रन खर्चेर घातक बलिङ गर्दै ३ विकेट लिएपछि गजुरी च्याम्पियन बनेको थियो ।प्रतियोगिताको उत्कृष्ट ब्याटर अमृत थापा भए । फाइनलमा पुर्‍याउन अमृतले ५ खेलमा २ सय ३७ रन बनाएका थिए । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर गजुरीका उज्ज्वल थापा घोषित भए । गजुरीलाई उपाधि जिताउन उनले प्रतियोगिताभर सर्वोत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए । उनले प्रतियोगिताभर २ सय ६० रन बनाउनुको साथै १६ विकेट लिएका थिए ।

गजुरीकै गजुरीका सक्षम खरेलले युवा उदीयमान खेलाडी घोषित भए । उनले प्रतियोगितामा ५ विकेट लिँदै राम्रो प्रभाव छाडेका थिए । प्रतियोगितामा जिल्लाका १४ टिमको सहभागिता थियो । धादिङ जिल्ला क्रिकेट सङ्घको आयोजनामा पहिलोपटक जिल्लास्तरीय प्रतियोतियोगिता आयोजना भएको थियो । योसँगै च्याम्पियन गजुरीले १ लाख र उपविजेता त्रिपुरासुन्दरीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *