टी-ट्वेन्टी विश्वकप

अस्ट्रेलिया र दक्षिण अफ्रिका दुबैका लागि निर्णायक दिन

काठमाडौँ । टी-ट्वेन्टी विश्वकपमा आज दक्षिण अफ्रिका र अस्ट्रेलिया दुबैका लागि आज निर्णायक दिन रहेको छ । समूह १ अन्तर्गत अन्तिम चरणको खेलमा अस्ट्रेलियाले वेस्टइन्डिज तथा दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन् ।

अबुधाविमा दिँउसो ३:४५ मा हुने खेलमा अस्ट्रेलिया वेस्टइन्डिजमाथि फराकिलो जितको प्रतीक्षामा छ । त्यस्तै सारजाहामा राति ७:४५ मा हुने खेलमा दक्षिण अफ्रिका पनि इंग्लयान्डलाई फराकिलो अन्तरलेनै हराउन चाहन्छ । किनकि दुवैले जितेको खण्डमा खेलको निर्णय नेट रनरेटको आधारमा हुने छ ।

चार खेलको समाप्तिमा इंग्ल्यान्ड अपराजित रहँदै ८ अंकका साथमा सेमिफाइनलमा स्थान बनाउन सफल भइसकेको छ । अर्को एक टीमका लागि दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच तीव्र प्रतिस्पर्धा छ । अस्ट्रेलिया तीन जित सहित ६ अंक बनाएर १.०३१ रनरेटका साथ दोस्रो स्थानमा रहँदा दक्षिण अफ्रिका पनि समान खेल र अंकबाट ०.७४२ रनरेटका साथमा तेस्रो स्थानमा छ। त्यसैले आजको खेलमा दुवै टीम एक अर्काले हारुन् भन्ने चाहन्छन् । भने आफूले जित निकाल्न प्रयासरत हुने छन् ।

तुलनात्मक रूपमा अस्ट्रेलियालाई केही सहज मानिएको छ । किनकि वेस्टइन्डिज जारी विश्वकपमा ऐतिहासिक खराब फर्मबाट गुज्रिदा उसले त्यसको फाइदा उठाउँदै शीर्ष दुईमा पुग्न चाहन्छ । साउथ अफ्रिकालाई भने बलियो छवि बनाएको इंग्ल्यान्ड सँग सहज हुने छैन । इंग्ल्यान्ड सबै ४ खेलमा फराकिलो जित निकालेकाले पनि मानसिक दबाबमा दक्षिण अफ्रिका हुने छ ।

केही हदसम्म अस्ट्रेलिया र वेस्टइन्डिज बिचको पहिलो खेललेनै सेमिफाइनल पुग्ने टीमको आधार तयार गर्ने छ । किनकि वेस्टइन्डीजलाई फराकिलो अन्तरले हराए अस्ट्रेलिया लगभग अन्तिम चारमा पुग्न सक्ने छ । तर वेस्टइन्डिज कुनै दबाबमा नभएकाले अस्ट्रेलियालाई चुनौती भने रहने छ ।

समूहमा श्रीलङ्का, वेस्टइन्डिज र बङ्गलादेश यसअघिनै बाहिरी सकेका छन् । श्रीलङ्काले ५ खेलमा ४ अंक बनाउँदा वेस्टइन्डिजको २ अंक छ । बङ्गलादेशले शीर्ष १२ मा खाता खोल्न सकेन । अन्तिम खेल अगाडी सम्म समूह १ बाट इंग्ल्यान्ड र समूह २ बाट पाकिस्तानको मात्रै सेमिफाइनल यात्रा पक्का भएको छ । अर्को टीमका लागि भने दुवै समूहमा रोचक प्रतिस्पर्धा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *