बालगोपालेश्वरमा भाइटीका (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ । मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।

दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।

भूकम्प र कोरोना महामारीका कारण पछिल्ला केही वर्षमा भने बालगोपालेश्वर मन्दिरमा भाइटीका प्रभावित भएको थियो । आज भने बिहानैदेखि मन्दिरमा भीड देखिन्थ्यो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *