अस्ट्रेलिया र दक्षिण अफ्रिका दुबैका लागि निर्णायक दिन

काठमाडौँ । जारी टी-ट्वेन्टी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र अस्ट्रेलिया दुबैका लागि निर्णायक दिन हो ।

समुह १ अन्तर्गतका खेलमा अस्ट्रेलियाले वेस्टइन्डिज तथा दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँग खेल्दैछन् ।

अबुधाविमा दिंउसो ३:४५ मा सुरु हुने खेलमा अस्ट्रेलिया वेस्टइन्डिजमाथि फराकिलो जितको प्रतिक्षामा छ। त्यस्तै सारजाहामा राति ७:४५ मा सुरु हुने खेलमा दक्षिण अफ्रिका पनि इंग्लयान्डलाई फराकिलो अन्तरले नै हराउन चाहन्छ । कीनकी दुबैले जिते खेलको निर्णय नेट रनरेटको आधारमा हुनेछ।

चार खेलमा अपराजित रहँदै इंग्ल्यान्ड सेमिफाइनलमा स्थान बनाउन सफल भइसकेको छ । सेमिफाइलन पुग्ने अर्को एक टीमका लागि दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच प्रतिस्पर्धा छ ।

अस्ट्रेलिया ६ अंकसहित १.०३१ रनरेटका साथ दोस्रो स्थानमा रहँदा दक्षिण अफ्रिका पनि समान अंकबाट ०.७४२ रनरेटका साथमा तेस्रो स्थानमा छ । यस्तो उनीहरु अर्को टिमले हारोस् भन्ने पनि चाहन्छन् ।

तुलनात्मक रुपमा अस्ट्रेलियालाई केहि सहज मानिएको छ। कीनभने वेस्टइन्डिज जारी विश्वकपमा खराव फर्मबाट गुज्रिरहेको छ । दक्षिण अफ्रिकालाई भने बलियो प्रदर्शन गरिरहेको इंग्ल्यान्डलाई फराकिलो अन्तरले हराउन कठिन छ ।

तर, अहिलेसम्म अस्ट्रेलियासँगका टी-ट्वेन्टी क्रिकेटका १६ भेटमध्ये १० मा वेस्ट इन्डिज विजयी भएको छ ।

केहि हदसम्म अस्ट्रेलिया र वेस्टइन्डिजबीचको पहिलो खेलले नै सेमिफाइनलको सिनारियो लगभग तय हुनेछ । अस्ट्रेलिया विजयी भए उसको सेमिफाइनल सम्भावना बलियो हुनेछ । अस्ट्रेलिया हारे आजको दोस्रो खेलको नतिजा महत्वपूर्ण हुनेछ । यो खेलमा दक्षिण अफ्रिका बिजयी भए नेट रन रेटका आधारमा सेमिफाइनल पुग्ने टिमको तय हुनेछ ।

यो समुहबाट श्रीलंका, वेस्टइन्डिज र बंगलादेस बाहिरिइसकेका छन् । श्रीलंकाले ५ खेलमा ४ अंक बनाउँदा वेस्टइन्डिजको २ अंक छ । बंगलादेशले शिर्ष १२ मा अंकको खाता नै खोल्न सकेन ।

अन्तिम खेल अगाडीसम्म समुह १ बाट इंग्ल्यान्ड र समुह २ बाट पाकिस्तानको सेमिफाइनल यात्रा पक्का भएको छ । अर्को टीमका लागि भने दुबै समुहमा रोचक प्रतिस्पर्धा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *