नेयमार र एम्बाप्पेको गोलमा पीएसजीको जित

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले बोर्डोमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले बोर्डोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा नेइमारले २ गोल गरे भने किलियन एम्बाप्पेले एक गोल गरेका थिए । नेइमारले खेलको २६औँ र ४३औँ मिनेटमा गोल गरेका थिए भने एम्बाप्पेले खेलको ६३औँ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै बोर्डोका लागि अल्बेर्थ एलिसले खेलको ७८औँ मिनेटमा र एम बाए निआंगले खेलको ९२औँ मिनेटमा गोल गरेका थिए । यो खेलमा पीएसजीका लियोनेल मेस्सी इन्जुरीका कारण खेलेका थिएनन् ।

यो जितपछि पीएसजीको १३ खेलमा ३४ अंक भएको छ र दोस्रो स्थानमा रहेको लेन्सभन्दा १० अंकले अगाडी रहेको छ । त्यस्तै बोर्डोको १३ खेलमा १२ अंक रहेको छ र लिगमा १६औँ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *