माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । सत्तासीन गठबन्धनको एक घटक माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक मंगलबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

पोखरेलकाअनुसार बैठकमा पार्टी संरचना, राष्ट्रिय राजनीतिमा देखिएकाे पछिल्लाे समस्या, न्यालालयमा देखिएकाे समस्यासँगै समसामयिक विषयहरूमा छलफल हुनेछ । ‘बैठकको एजेण्डाहरूबारे यही यही विषय हो भने भनेर चाहिँ आएको छैन । बैठक बस्ने भन्ने सन्देश चाहिँ आएको छ । त्यही समसामयिक विषयहरू होलान् । नियमित बैठकजस्तै हो,’ पोखरेलले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *