सत्तारुढ गठबन्धनको बैठक बस्दै, बोल्ला न्यायालयबारे ?

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । बैठक सोमबार अपराह्न बालुवाटारमा बस्ने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । बैठकमा सरकार सञ्चालनको संयन्त्र गठनदेखि न्यायालयमा आएको संकटसम्मको विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समय कानून व्यवसायीहरूले राजनीतिक दलहरूले पनि न्यायालयको विकृतिबारे बोल्नुपर्ने बताउँदै आएका छन् ।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेरको राजीनामा मागेर बार एशोसिएशनले आन्दोलन गरिरहेको छ । न्यायाधीशहरूले पनि बेन्च बहिष्कार गरिरहेका छन् । तर, दलहरू यो विषयमा बोलिरहेका छैनन् । आजको बैठकमा यसबारे छलफल हुनसक्ने एक नेताले बताए ।

यस्तै विभिन्न देशमा  राजदूत नियुक्तिकाबारेमा पनि छलफल र निर्णय गर्नुपर्ने बाध्यता गठबन्धनलाई छ । यो विषयमा समेत आजको बैठकमा छलफल हुने ती नेताले जानकारी दिए ।

यसअघि प्रधान मन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालबीच भेटवार्ता भएकाे थियाे । यसपछि गठबन्धनकाे बैठक बाेलाइएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *