इजलास फर्किए आन्दोलनरत न्यायाधीश

काठमाडौँ । प्रधान न्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलनमा उत्रिएका न्यायाधीश इजलासमा फर्किएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आएका केहि न्यायाधीशहरूले सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेका हुन् ।

न्यायाधीशहरु न्यायाधीश बमकुमार श्रेष्ठ, कुमार चुडाल‚ प्रकाशकुमार ढुङ्गाना‚ कुमार रेग्मी तथा तेजबहादुर केसी र नहकुल सुवेदी इजलास फर्किएर बन्दी प्रत्यक्षीकरणको मुद्दा सुनुवाइमा सहभागी भएका हुन् ।

प्रधानन्यायाधीश जबराले यसअघिको सहमति उल्लंघन गरेर इजलास गठन गरी पेसी तोकेको भन्दै सर्वोच्चका न्यायाधीशहरु सोमबार बिहान बेग्लै छलफलमा जुटेका थिए ।

यसअघि अर्का न्यायाधीश चुडालले त्यस्तै प्रकृतिको रिटमा सुनुवाइ गरी आदेशसमेत जारी गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *