पर्यटन बोर्डका सीई‌ओमाथि कारबाहीको तयारी, मन्त्रालयले सोध्यो ३ दिने स्पष्टीकरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत [सीईओ] धनञ्जय रेग्मीलाई कारबाहीको तयारी गरेको छ । मन्त्रालयले मंगलबार अध्यक्ष रेग्मीलाई ३ दिने स्पष्टीकरण सोध्दैछ । सीईओ रेग्मीले चित्तबुझ्दाे जबाफ नदिए कारबाहीकाे प्रक्रिया अगाडि बढ्ने मन्त्रालय स्रोतले बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीकाअनुसार स्पष्टीकरण पत्रसमेत तयार भइसकेको छ । अध्यक्ष रेग्मीलाई मंगलबार पत्र पठाइने उनले बताए । ‘स्पष्टीकरण पत्रसमेत तयारी अवस्थामा छ । मन्त्रीज्यूको आदेशबमोजिम नै पत्र पयार पारिएको हो,’ सुवेदीले भने, ‘आज कार्यालयीय समय घर्किएको कारणले पत्र पठाउन सकिएन । भोलि मन्त्रालयबाट आधिकारिक रूपमा पठाउँछौँ ।’

पर्यटनमन्त्री प्रेमबहादुर आलेले चित्तबुझ्दो जबाफ नआए कारबाहीको चेतावनीसमेत दिएको मन्त्रालय स्रोतले बताएको छ । मन्त्री आलेले सीई‌ओ रेग्मीलाई मौखिक रूपमा ‘के भएकाे थियाे ?’ भनेरसमेत साेधेका थिए । त्यस त्यस क्रममा समेत सीईओ रेग्मीले चित्तबुझ्दाे जबाफ दिएका थिएनन् ।

रेग्मीले शनिवार लन्डनबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेका थिए । त्यसपछी मन्त्री आलेले घटनाका बारेमा आफ्नाे ध्यानाकर्षण भएकाे र आवश्यक ‘एक्सन’ लिने बताउँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *