गण्डकीमा ९ लाखले लगाए पहिलो डोज, दोस्रो डोज पाउन हम्मेहम्मे

पोखरा । गण्डकीमा हालसम्म सवा ९ लाख नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार हालसम्म ९ लाख २० हजार २ सय ११ जनाले पहिलो डोज लगाएका छन् भने ६ लाख २८ हजार ९ सय ६७ जनाले दोस्रो डोज पाएका छन् ।

मनाङ र मुस्ताङका सबै नागरिकले खोप पाएका छन् । मनाङमा ५ हजार ८८ जनाले पहिलो र ४ हजार ४ सय ७९ जनाले दोस्रो डोज लगाएका छन् भने मुस्ताङमा ६ हजार ३ सय २७ ले पहिलो डोज र ६ हजार ३ सय ९४ दोस्रो डोज पाएका छन् ।

पहिलो डोज लगाउनेहरूमा गोरखामा ८० हजार ३ सय ६८ जना, कास्कीमा २ लाख ७८ हजार ४ सय ७१ जना, लमजुङमा ६९ हजार ७ सय ६७ जना, नवलपुरमा १ लाख ८ हजार ६३ जना, तनहुँमा १ लाख ८ हजार ३ सय १२ जना, बागलुङमा ७४ हजार १ सय ५१ जना, म्याग्दीमा ४६ हजार १ सय १ जना, पर्वतमा ४४ हजार ६ सय ६३ जना र स्याङ्जामा ९८ हजार ९ सय जना छन् ।

तीमध्ये गोरखाका ५६ हजार ५ सय, कास्कीका १ लाख ८८ हजार ६ सय २९, लमजुङका ५० हजार ९ सय ८५, नवलपुरमा ६९ हजार ५ सय ९६, तनहुँका ६५ हजार ८ सय ३८, बागलुङका ५० हजार ३ सय ७२, म्याग्दीका २६ हजार ९ सय ४५, पर्वतका ३७ हजार ३ सय ८६ र स्याङ्जाका ७१ हजार ८ सय ४३ जना नागरिकले दोस्रो डोज खोप लगाइसकेका छन् ।

पहिलो डोज लगाएर दोस्रो डोज कुर्नेहरू २ लाख ९१ हजार २ सय ४४ जना छन् । खोपको सहज उपलब्धता नभएका कारण दोस्रो डोज लगाउन केही ढिलाइ भएको छ । यद्यपि आत्तिनुपर्ने अवस्था भने नरहेको स्वास्थ्य निर्देशक खीमबहादुर खड्काले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *